रवि लामिछानेविरुद्ध रिट बोकेर फेरि सर्वोच्च अदालतमा युवराज सफल

हिमाल प्रेस २५ वैशाख २०८० १७:३६
106
SHARES
रवि लामिछानेविरुद्ध रिट बोकेर फेरि सर्वोच्च अदालतमा युवराज सफल

काठमाडौँ- युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। पौडेलले लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य व्यक्ति भएको दाबी गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन्।

पौडेलले लामिछाने सांसद भएको अवस्थामा कानुनो शासन र संवैधानिक सर्वोच्चतामाथि नै प्रश्न उठ्ने दाबी गरेका छन्। उनले आफूल दायर गरेको रिट निवेदनमा मुद्दाको अन्तिम निर्णय नहुँदासम्म उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तरगत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन माग गरेका छन्।

यसअघि पनि पौडेलले नै लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए। उनकै रिटका आधारमा उनको नागरिकता खारेज भएको थियो भने सांसद पद र पार्टी सभापति पद पनि गएको थियो।

लामिछानेले प्रक्रिया पुर्‍याए पुन: नागरिकता लिईसकेका छन्। त्यसो त उनी मंसिर ४ मा निर्वाचित चितवन-२ मा पनि वैशाख १० फेरि निर्वाचन जितेर आइसकेका छन्।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी गत माघ १५ मा नागरिकताको प्रतिलिपी लिएको पौडेलले दायर रिट निवेदनमा जिकिर गरिएको छ। सोही प्रतिलिपिका आधारमा लामिछाने चितवन २ मा भएको उपनिर्वाचनमा उम्मेदवार बनेको भनिएको छ। रिट दर्ता भने भइसकेको छैन। सर्वोच्च प्रशासनले रिट अध्ययनकै क्रममा रहेको बताएको छ।

प्रकाशित: २५ वैशाख २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =