कांग्रेस महामन्त्री थापाको निराशापूर्ण अभिव्यक्ति- अब त अति भयो!

हिमाल प्रेस २४ वैशाख २०८० १९:०६
106
SHARES
कांग्रेस महामन्त्री थापाको निराशापूर्ण अभिव्यक्ति- अब त अति भयो! कांग्रेस महामन्त्री गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निराशापूर्ण अभिव्यक्ति सार्वजनिक गरेका छन्। महामन्त्री थापाले आइतबार सामाजिक सञ्जाजमार्फत विगतमा आफूलाई प्रक्रिया चित्त नबुझ्दा, पद्धति र निर्णय मन नपर्दा प्रतिरोध गर्न मन लागे पनि जिम्मेवारी लिएर बसेका कारण केही गर्न नसकेको स्पष्टीकरण दिएका छन्।

उनले भनेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ।’

उनले सोही कारण कहिले मौन रहेको, कहिले भित्रै मत र अडान राखे पनि सफल हुने नसकेको स्पष्ट पारेका छन्। थापाले भनेका छन्, ‘त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो!’

 

प्रकाशित: २४ वैशाख २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =