लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ: अर्थमन्त्री महत

हिमाल प्रेस २४ वैशाख २०८० १४:३०
4
SHARES
लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्छ: अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान वित्त नीतिभन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताएका हुन्।

‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौँ, महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्याधिक कर्जा प्रवाह भएको छ,’ उनले भने, ‘त्यसैले अर्थतन्त्रमा शिथिलता देखिएको छ हो र यसको समाधान मौद्रिक नीतिले नै गर्नुपर्छ।’

महतले राष्ट्र बैंकले लचिलो मौद्रिक लियो भने ब्याजदर तत्काल घट्ने पनि बताए। उनले भने ‘पुँजीगत खर्चको प्रभावकारिता बढाउने, मौद्रिक नीतिमार्फत् ब्याजदरलाई सम्बोधन गरेर लगानीको वातावरण निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो।’

प्रकाशित: २४ वैशाख २०८० १४:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =