सरकारको उपलब्धि : १३३ दिनमा ४० मन्त्री

हिमाल प्रेस २४ वैशाख २०८० १३:२९
70
SHARES
सरकारको उपलब्धि : १३३ दिनमा ४० मन्त्री प्रधानमन्त्रीको शपथ लिँदै प्रचण्ड। फाइल तस्बिर

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको आइतबार १३३ दिन भएको छ। पुस ११ बाट सुरु भएको मन्त्रिपरिषद् विस्तारको शृंखला आइतबारसम्म जारी छ। यसअवधिमा ४० जनाले मन्त्री बन्ने अवसर पाएका छन्।

जनताले महसुस गर्ने गरी परिवर्तन ल्याउँछु भन्दै सत्ताको साँचो हातमा लिएका प्रचण्डले यो अवधिमा जसरी हुन्छ सरकार टिकाउने र त्यसका लागि मन्त्रीहरूको हेरफेर गरिरहने काममात्रै गरेका छन्। सिंहदरबारको सिंहासनमा बसेपछि मन्त्री बनाउने र सरकार टिकाउने उनको सबैभन्दा ठूलो उपलब्धि यही भएको छ।

पुस ११ गते मन्त्रिपरिषद् गठन भएपछि प्रधानमन्त्री प्रचण्डले माघ ३ मा वन तथा वातावरण र युवा तथा खेलकुद गरी दुई मन्त्रालय आफूसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। २३ सदस्यीय त्यो मन्त्रिपरिषद् फागुन १६ सम्म मात्रै टिक्यो।

फागुन १४ मा राप्रपा सरकारबाट बाहिरियो भने फागुन १६ मा एमालेका मन्त्रीहरू सरकारबाट अलग भए। रास्वपा भने यसअघि २३ अघि नै सरकारबाट बाहिरिएको थियो। रास्वपाबाट गृहमन्त्री बनेका रवि लामिछानेको नागरिकता प्रकरणमा संसद् पद गुमेपछि उनले माघ १४ मा राजीनामा दिएका थिए।

एमाले, राप्रपा र रास्वपाका गरी १७ जना मन्त्री सरकारबाट बाहिरिएपछि करिब एक महिना माओवादी र जनमत पार्टीका नेता मात्रै मन्त्री थिए। प्रचण्डले दुईपटक विश्वासको मत लिइसकेका छन्।

पहिलोपटक पुस २६ मा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले चैत ६ मा दोस्रोपटक विश्वासको मत पाएका हुन्। पहिलोपटक एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा सरकार गठन गरेका प्रचण्डले सरकार गठन प्रक्रियामा सहभागी नभएका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि विश्वासको मत दिएका थिए।

दोस्रोपटक माओवादी केन्द्र, नेपाली कांग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी,जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलले उनलाई विश्वासको मत दिएका हुन्।

चैत १७ मा विस्तारित मन्त्रिपरिष्दमा प्रधानमन्त्रीसहित दुई उपप्रधानमन्त्री १४ मन्त्री (एक राज्यमन्त्रीसमेत) गरी १७ सदस्यीय सरकार थियो। वैशाख ३ मा एक मन्त्री र एक राज्यमन्त्री थप गरी मन्त्रिपरिषद् १९ सदस्यीय भयो भने वैशाख २० गते थप तीन जना मन्त्री भए। यस्तै आइतबार वैशाख २४ गते एक मन्त्री थप गरी मन्त्रिपरिषद् २३ सदस्यीय बनाइएको छ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री प्रचण्डले अझै दुई जना मन्त्री नियुक्त गर्ने सक्नेछन्। संविधानको धारा ७६ (९) मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ। यस्तै ‘मन्त्री’ भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री जनाइने संवैधानिक व्यवस्था छ।

मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ दलका २७० र पाँच स्वतन्त्र गरी २७५ सदस्यीय प्रतिनिधिसभा गठन भएको थियो। साढे चार महिनाको अवधिमा नेपाल मजदुर किसान पार्टी र जनमोर्चा तथा स्वतन्त्र रूपमा निर्वाचित सांसद मात्रै सरकारमा सहभागी भएका छैनन्।

पुस १० मा माओवादी र एमालेबीच भएको सहमतिपछि बनेको गठबन्धनबाट माओवादी, एमाले, राप्रपा, रास्वपा, जनमत पार्टी सरकारमा सहभागी भयो।

यस्तै चैत १७ मा गठित अर्को गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी भएका छन्।

यस अवधिमा ४० जना मन्त्री बनेका छन्। तीमध्ये पाँचजना उपप्रधानमन्त्री भएका छन् भने चार जना राज्यमन्त्री भएका छन्। ३१ जनाले मन्त्री बन्ने अवसर पाएका छन्।

उपप्रधानमन्त्री बन्नेहरू

विष्णुप्रसाद पौडेल
नारायणकाजी श्रेष्ठ
रवि लामिछाने
पूर्णबहादुर खड्का
राजेन्द्रप्रसाद लिङ्देन

मन्त्री बन्नेहरू

रेखा शर्मा
विक्रम पाण्डे
ज्वालाकुमारी साह
दामोदर भण्डारी
राजेन्द्रकुमार राई
अब्दुल खान
विमला राई पौड्याल
पदम गिरी
भगवती चौधरी
हरिप्रसाद उप्रेती
सुदन किराती
अमनलाल मोदी
शिशिर खनाल
डोलप्रसाद अर्याल
ध्रुवबहादुर प्रधान
बेदुराम भुसाल
अशोककुमार राई
शरतसिंह भण्डारी
प्रकाशशरण महत
महिन्द्र राय यादव
शक्तिबहादुर बस्नेत
रेखा शर्मा
प्रकाश ज्वाला
रञ्जिता श्रेष्ठ
रमेश रिजाल
सीता गुरुङ
नारायणप्रकाश साउद
धनराज गुररुङ
मोहनबहादुर बस्नेत
डिगबहादुर लिम्बु
सुरेन्द्र आचार्य

राज्यमन्त्री बन्नेहरू

सुशीला सिर्पाली ठकुरी
डा. तोसिमा कार्की
दीपकबहादुर सिंह
नन्दा चपाई

उपप्रधानमन्त्रीबाट  बाहिरिएकाहरू

विष्णुप्रसाद पौडेल
रवि लामिछाने
राजेन्द्रप्रसाद लिङ्देन

मन्त्री बनेर बाहिरिएकाहरू

विक्रम पाण्डे
ज्वालाकुमारी साह
दामोदर भण्डारी
राजेन्द्रकुमार राई
अब्दुल खान
विमला राई पौड्याल
पदम गिरी
भगवती चौधरी
हरिप्रसाद उप्रेती
शिशिर खनाल
डोलप्रसाद अर्याल
ध्रुवबहादुर प्रधान

राज्यमन्त्री बनेर बाहिएिकाहरू

डा. तोसिमा कार्की
दीपकबहादुर सिंह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =