यस्तो छ ‘अन्तिम संस्कार’को टिजर

हिमाल प्रेस २४ वैशाख २०८० ११:५८
6
SHARES
यस्तो छ ‘अन्तिम संस्कार’को टिजर

काठमाडौँ- फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक गरिएको छ। टिजर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

टिजरमा कलाकार विजय लामा, दीया पुन, रेश्मा घिमिरेलगायत देखिएका छन्। उनीहरूसहित फिल्ममा एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङलगायतको पनि अभिनय छ।

टिजरअनुसार फिल्ममा सामाजिक विषयवस्तु र ‘मर्डर’को कथा रहेकाे अनुमान गर्न सकिन्छ। प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्मका छायाकार बाबु श्रेष्ठ हुन्।

विनोद सुवेदी क्षितिजको लगानी रहेको फिल्म साई प्रोडक्सन नेपालको ब्यानरमा बनेको छ।

प्रकाशित: २४ वैशाख २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =