अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल

हिमाल प्रेस २३ वैशाख २०८० २१:२८
8
SHARES
अर्थतन्त्रमा आशाको किरण देखिएको छ : अध्यक्ष ढकाल

बागलुङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको संकटग्रस्त अर्थतन्त्रमा आशाको किरण देखिन थालेको बताएका छन्।

बागलुङ उद्योग वाणिज्य संघको ५९औँ वार्षिक साधारणसभामा शनिबार उनले पछिल्लो समय विप्रेषण र पर्यटक आगमनमा उल्लेख्य वृद्धि आएकाले अर्थतन्त्रमा आशाको किरण देखिन थालेको बताएका हुन्। ‘विप्रेषण २५ प्रतिशतले बढेको छ। बैंकको सीडी रेसियो पनि ८५-८६ प्रतिशत छ,’ उनले भने, ‘ब्याजदर घट्दो क्रममा छ। अर्थतन्त्रमा धेरै समस्या हुँदाहुँदै पनि केही सुधारका संकेत देखिँदैछन्।’

अध्यक्ष ढकालले शिथिल बनेको अर्थतन्त्र उकास्न सामूहिक प्रयत्नको खाँचो रहेको औंल्याए। उनले कोभिड-१९, रुस–युक्रेन युद्ध, नीति निर्माणमा भएका त्रुटिलगायतका कारण आर्थिक संकट देखा परेको बताए।

उनले आफू महासंघको नेतृत्वमा आएको पहिलो दिनदेखि नै अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि पहल थालेको पनि बताए। ‘सरकारसँग लगातार संवाद भइरहेको छ,’ उनले भने, ‘कसरी अर्थतन्त्रलाई गति दिन सकिन्छ भनेर हामी लागिपरेका छौँ। सरकार, नियमनकारी वा कुनै संस्थालाई मात्र दोष दिएर पनि हुँदैन, सबै मिलेर संकटको समाधानतिर लाग्नुपर्छ।’

विभिन कार्यक्रममा सहभागी हुन गृह जिल्ला बागलुङ पुगेका ढकाललाई बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिकालगायतका संघसंस्थाले सम्मान गरेका छन्।

प्रकाशित: २३ वैशाख २०८० २१:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =