टोखा-छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री डा. महत

हिमाल प्रेस २३ वैशाख २०८० २०:४५
6
SHARES
टोखा-छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री डा. महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताएका छन्। नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रममा उनले सुरुङमार्ग निर्माण अब चाँडै सुरु गर्ने बताएका हुन्।

सुरुङ निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब काम सुरु गर्न आवश्यक बजेट विनियोजन गर्ने बताए। ‘नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो,’ उनले भने, ‘कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ। यसलाई कार्य प्रारम्भका रूपमा लिनुपर्छ।’

संघीय सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने उनले बताए। दुप्चेश्वर-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उनले बुद्धपछिको बुद्ध भगवानका रूपमा सम्मानित भगवान् पद्मसम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताए। रासस

प्रकाशित: २३ वैशाख २०८० २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =