सत्ता गठबन्धनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल

हिमाल प्रेस २३ वैशाख २०८० १९:३५
सत्ता गठबन्धनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सरकारमा सहभागी दलका शीर्ष नेताहरुको बैठकमा सहभागी प्रधानमन्त्री एवं नेकपा माअ‍ोवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताकाबारेमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकमा  सरकारको नीति तथा कार्यक्रम र प्राथमिकताबारे संसद‌्मा कसरी प्रस्तुत हुने विषयमा छलफल भएको हो। बजेट अधिवेशन आइतबार सुरु हुँदै छ।

बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिए। यस्तै बैठकमा निजामती ऐन, संघीय शिक्षा ऐन, नागरिकता ऐनका बारेमा पनि छलफल छ।

प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने आवश्यकता नरहेको बताए। उनले बैठकमा विषयगत समितिलाई कसरी अघि बढाउने र प्रधानन्यायाधीशको नियुक्तिका बारेमा पनि छलफल भएको जानकारी दिए।

उनले भने, ‘विषयगत समितिलाई कसरी अघि बढाउने र सर्वोच्चमा प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया बारेमा छलफल भयो।’

प्रकाशित: २३ वैशाख २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =