संवादको वातावरण बनाउने जिम्मेवारी भारतकै हो : पाकिस्तानी विदेशमन्त्री

हिमाल प्रेस २३ वैशाख २०८० १७:५६
2
SHARE
संवादको वातावरण बनाउने जिम्मेवारी भारतकै हो : पाकिस्तानी विदेशमन्त्री

काठमाडौँ- पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पाकिस्तान र भारतबीच संवादको वातावरण बनाउने जिम्मेवारी भारतकै रहेको बताएका छन्। संघाई कोअपरेसन अर्गानाइजेसन (एससीओ)को बैठकमा सहभागी हुन बिहीबार भारत आएका उनले दुई देशबीच संवादको वातावरण बनाउने जिम्मेवारी भारतकै रहेको बताएका हुन्।

त्यसका लागि सन् २०१९ अगष्ट ५ मा भारत सरकारले कश्मिरसम्बन्धी गरेको निर्णयमा पुनर्विचार हुनुपर्ने उनको भनाइ थियो। २०१९ अगष्टमा भारतले कश्मिरलाई केन्द्र शासित प्रदेश बनाउने निर्णय गरेको थियो। यसअघि कश्मिर विशेष अधिकार प्राप्त राज्यका रूपमा थियो।

पाकिस्तानी विदेशमन्त्री भुट्टोले पाकिस्तान कश्मिरसम्बन्धमा आफ्नो अडानबाट पछि नहटेको भन्दै त्यसमा भारतले पुनर्विचार गर्नुपर्ने बताए।

एससीओको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीबीच कुनै पनि छलफल भएको थिएन। बीबीसी हिन्दीका अनुसार दुई देशका विदेशमन्त्रीले हात समेत मिलाएनन्।

बैठकपछि भारतका विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरिरहेको बताएका थिए। कश्मिर मुद्दा इतिहास भइसकेको उनको भनाइ थियो।  पाकिस्तान आतंकवादको वकालत गरिरहेको र आतंकवादीहरूको प्रवक्ता बनेको आरोप एस जयशंकरको थियो।

एससीओ बैठक हुनुभन्दा अघि बीबीसी हिन्दीसँगको कुराकानीमा भुट्टोले कश्मिर मुद्दामा पाकिस्तानको धारणा यथावत रहेको र भारतले नै पुनर्विचार गरेर संवादको वातावरण बनाउनुपर्ने बताएका छन्।

१२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारतमा, दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा

प्रकाशित: २३ वैशाख २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + nineteen =