भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री- ट्रेलर देखाएका छौँ, सिंगो फिल्म बाँकी छ

हिमाल प्रेस २३ वैशाख २०८० १६:२०
4
SHARES
भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री- ट्रेलर देखाएका छौँ, सिंगो फिल्म बाँकी छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन्। शनिबार काठमाडौँमा नेपाल दलित मुक्तिमोर्चाको राष्ट्रिय सम्मेलनमा उनले अब भ्रष्टाचारका ठूला फाइलहरू खुल्दै जाने बताएका हुन्।

कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन नसकिने उनको भनाइ छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर बेचेको प्रकरणबारे प्रधानमन्त्री प्रचण्डले यो प्रकरण ट्रेलर मात्रै रहेको बताए।

भुटानी शरणार्थी प्रकरणमा आफूहरूलाई ठूला घेराबन्दी र दबाबहरू आउनसक्नेतर्फ आफू सचेत रहेको उनले बताए। उत्पीडित वर्ग समुदाय र श्रमजीवि समुदाय साथमा भएसम्म कसैले केही गर्न नसक्ने प्रचण्डको भनाइ थियो। ‘मैले घोषणा गरेको थिएँ, अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ, कुनै पनि हालतमा भ्रष्टाचारीलाई छुट दिन सकिँदैन,’ उनले भने, ‘अहिले त्यो प्रक्रिया सुरु भएको छ। यो ट्रेलर मात्रै हो, हेर्दै जानुस्, सिंगै फिल्म देखिन्छ। सिंगै फिल्म देखिनेवाला छ।’

आफू नेतृत्वको सरकारले भ्रष्टारचारको छानबिन गरेपछि ठूला घेराबन्दी हुने र दबाबहरू आउने उनको भनाइ थियो। ‘ठूला दबाबहरू आउलान्, धम्कीहरू होलान्, धेरै चिजहरू हुनसक्छ,’ उनले भने, ‘यो बीचमा तर हाम्रो उत्पीडित वर्ग समुदाय, हाम्रो श्रमजीवि जनसमुदाय साथमा भयो भने जतिसुकै ठूला घेराबन्दी दबाब र धम्कीको सामना गरिनेछ।’

प्रकाशित: २३ वैशाख २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =