सहरमा आज

मण्डलामा गजल उत्सव, हलमा थरीथरीका फिल्म

सुस्मिता बजगाईं २३ वैशाख २०८० ६:०१
198
SHARES
मण्डलामा गजल उत्सव, हलमा थरीथरीका फिल्म

शनिबार फुर्सदमा हुनुहुन्छ? फिल्म, नाटक, पुस्तक विमोचन चित्रकला प्रदर्शनीमध्ये कतै गएर मनोरञ्जन लिने सोचाइमा हो भने आउनुस् उपत्यकामा केकस्ता कार्यक्रम हुँदैछन् एकपटक नजर लगाऔँ।

सिनेमा हलमा नेपाली, हिन्दी, अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नाट्यघरमा विभिन्न नाटक मञ्चन भइरहेका छन्। सिद्धार्थ आर्ट ग्यालरीमा निःशुल्क चित्रकला प्रदर्शनी जारी छ। अनि मण्डलामा गजल उत्सव कार्यक्रम पनि हुँदैछ।

लाहुरेको रेलिमाई

आज बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा विजय हितानको ‘लाहुरेको रेलिमाई’ पुस्तक विमोचन हुँदैछ। मास्टर मित्रसेनको जीवनकथामा आधारित पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो। विमोचन कार्यक्रम दिउँसो तीन बजे सुरु हुनेछ।

गजल ‘उत्सव’

थापागाउँस्थित मन्डला थिएटरमा बिम्ब आर्टसले ‘उत्सव’ नामक कार्यक्रम सञ्चालन गर्दैछ।  नेपाली गजलको उत्थान र विकासका लागि सञ्चालन गर्न लागिएको कार्यक्रमको यो पहिलो शृंखला हो। दिउँसो साढे २ बजेदेखि सुरु हुने कार्यक्रमको प्रमुख अतिथि मन्त्री सुदन किराती, गजलकार डा. निरज भट्टराई र सहजकर्ताको भूमिकामा संगीता थापा रहनेछन्।

कार्यक्रममा सहभागी हुन टिकटको व्यवस्था गरिएको छ। टिकटको मूल्य दुई सय ५० रुपैयाँ छ।

सिद्धार्थ आर्ट ग्यालरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। वैशाख ६ गतेदेखि सुरु भएको प्रदर्शनी जेठ ५ सम्म चल्नेछ।
प्रदर्शनीमा भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका परम्परागत र समसामयिक चित्रकला छन्।

डिभोटीका ११ जनाको समूहले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शनमा राखेका छन् भने स्वपः पौभाले २८ जना कलाकारको थान्का कला प्रदर्शनमा राखेका छन्।

ओजस थिएटरमा ‘मृत्यु कुण्ड’

रातोपुलस्थित ओजस (शैली) थिएटरमा वैशाख २० गतेदेखि नाटक ‘मृत्यु कुण्ड’ मञ्चन भइरहेको छ। नाटक जेठ १५ गते चल्ने नाटक रविन दोङको लेखन र निर्देशन छ।

प्रमोद बाबुले निर्माण रहेको नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदीप शिवाकोटीलगायतको अभिनय छ।

नाटक बिहीबारबाहेक हरेक दिन बेलुका सवा ५ बजेदेखि मञ्चन हुनेछ। बुधबार र शनिबार दिउँसो १ बजे पनि नाटकको अतिरिक्त सो छ।

पुरानो नाटकघरमा ‘चे इज ब्याक’

सिनामंगलस्थित पुरानो घर थिएटरमा वैशाख १५ गतेदेखि ‘चे इज ब्याक’को मञ्चन जारी छ। जेठ ७ गतेसम्म चल्ने नाटकका निर्देशक कुन्दन थारू हुन्।  नाटकमा द्वन्द्वकालमा अभिभावक गुमाएपछि राजधानीमा डेरामा बस्दै आएका एक पत्रकारको संघर्षको कथा समेटिएको छ।

सुलक्षण भारतीको लेखन रहेको नाटकमा रितेश कार्की, निशा दाहाल, अरुण पौडेल, मोनाली डंगोल, जयराम ढकाललगायत कलाकारको अभिनय छ। नाटक बुधबारबाहेक हरेक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै आज शनिबार साढे १ बजेको अतिरिक्त मञ्चन हुँदैछ।

मण्डलामा ‘जून’

थापागाउँस्थित मण्डला नाटकघरमा वैशाख १५ गतेदेखि सांगीतिक नृत्यनाटिका ‘जून : मोर द्यान अ फेयरी टेल’ मञ्चन भइरहेको छ। २४ वैशाखसम्म चल्ने नृत्यनाटिकाका परिकल्पनाकार तथा निर्देशक नम्रता केसी हुन्।

नाटिकामा मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनिशा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ती सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियंका चम्लागाईं, दिलशा गुरुङ, शर्मिष्ठा दास, सुजता दास, सृष्टि दास र दृष्टि दाहालको अभिनय छ।

नाटकको पहिलो मञ्चन २४ मार्च अर्थात् गत चैत १० गते जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो।

नाटकमा सानैमा आमा गुमाएकी जूनको कथा छ। सोमनाथ खनालको प्रस्तुति रहेको नाटिका मण्डलामा सोमबारबाहेक प्रत्येक दिन बेलुका साढे ५ बजेदेखि सुरु हुनेछ। साथै आज (शनिबार) दिउँसो २ बजे अतिरिक्त सो छ।

हलमा आठ फिल्म

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘ज्याकी’, ‘प्रसाद २’, ‘कैदीको पत्र’, ‘जारी’, चलिरहेका छन्। हिन्दीमा ‘द केरला स्टोरी’, ‘किसिका भाइ किसिकी जान’ र अंग्रेजीमा ‘गार्डियन्स अफ द ग्यालक्सी’, ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेको छ।

ज्याकी : आई एम ट्वान्टी वान

वैशाख २१ गतेदेखि देशभर फिल्म हलमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शन भइरहेको छ। रेनशा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। नेपालमा डान्स कथामा बनेको पहिलो फिल्म हो ‘ज्याकी’।

धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बूलगायतको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स भक्तपुर, छाया सेन्टर र लबिममा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, अष्टनारायण हल, सिटीम्याक्स सिनेमा, ‘ज्याकी’ चलिरहेका अन्य हल हुन्।

प्रसाद २

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ वैशाख १५ गतेदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ। अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर, क्यूएफएक्स भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘प्रसाद २’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बीएसआर मुभिज, ‘प्रसाद २’ चलिरहेका अन्य हल हुन्।

कैदीको पत्र

सनमकुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ वैशाख १५ गतेदेखि हलमा प्रदर्शनरत छ। प्रेम कथामा आधारित फिल्ममा कुनाल विश्व, म्याडिसन लाजारुस, सलिना थापा मगर मुख्य भूमिकामा छन्। आज विश्वज्योति सिनेप्लेक्समा फिल्मको एक सो छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बु जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यूएफएक्स भक्तपुर, सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज र अनुपम मलस्थित सीके सिनेमाजमा ‘जारी’ प्रदर्शनरत छ।

आइएनआइ सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, सिटीम्याक्स सिनेमा, अष्टनारायण हल ‘जारी’ चलिरहेका अन्य हल हुन्।

गार्डियन्स अफ द ग्यालक्सी

मे ५ अर्थात् गत शुक्रबारदेखि नेपालका हलमा अंग्रेजी फिल्म ‘गार्डियन्स अफ द ग्यालक्सी भोलुम ३’ चलिरहेको छ। एक्सन एडभेन्चर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा क्रिस प्राट, जो साल्दाना, डेभ बाउटिस्टा, वीन डीजललगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मल, क्यएफएक्स भक्तपुर, सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाज, अष्टनारायण हल ‘गार्डियन्स अफ द ग्यालक्सी भोलुम ३’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, अष्टनारायण हल ‘गार्डियन्स अफ द ग्यालक्सी भोलुम ३’ चलिरहेका अन्य हल हुन्।

द केरला स्टोरी

हिन्दी फिल्म ‘द केरला स्टोरी’ २२ वैशाखदेखि नेपालमा पनि प्रर्दशन भइरहेको छ। फिल्मका निर्देशक सुदिप्तो सेन हुन्। कमेडी जनरामा बनेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धि इदनानीलगायत कलाकार छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यएफएक्स भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाजमा फिल्म ‘द केरला स्टोरी’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्युरोडस्थित रञ्जना सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, अष्टनारायण हल ‘द केरला स्टोरी’ चलिरहेका अन्य हल हुन्।

किसिका भाइ किसिकी जान

सलमान खान अभिनीत हिन्दी फिल्म ‘किसिका भाइ किसिकी जान’ २१ अप्रिल अर्थात् वैशाख ८ गतेदेखि नेपालमा प्रदर्शनरत छ। फिल्म एक्सन, कमेडी र ड्रामा जनरामा बनेको छ। फरहाद सामजीको निर्देशनमा बनेको फिल्ममा सलमान, दग्गुबती वेंकटेश, पूजा हेगडे र जगपति बाबु मुख्य भूमिकामा छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स र राइजिङमलस्थित क्यूएस सिनेमाजमा फिल्मको एक सो छ।

इभिल डेड राइज

अंग्रेजी हरर फिल्म ‘इभिल डेड राइज’ २१ अप्रिलदेखि नेपालका विभिन्न हलहरुमा प्रदर्शन भईरहेको छ। फिलमका निर्देशक ली क्रोनिन हुन्। फिल्ममा एलिसा सदरल्यान्ड, लिली सुलिवान, मोर्गन डेभिसलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर, सिभिल मल र लबिम मल र बौद्धस्थित एफसीयूबीई सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: २३ वैशाख २०८० ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =