पोको एक्स–५ प्रो दराजमा सार्वजनिक

हिमाल प्रेस २२ वैशाख २०८० १७:२२
पोको एक्स–५ प्रो दराजमा सार्वजनिक

काठमाडौँ- पोको ब्रान्डले पोको एक्स–५ प्रो ५ जी दराज नेपालमा सार्वजनिक गरेको छ। वैशाख २२ देखि २७ गतेसम्म दराजमार्फत फोन बुकिङ गर्न सकिने कम्पनीले जनाएकाे छ।

यो स्मार्टफोन वैशाख २८ गतेबाट बजारमा उपलब्ध हुनेछ। यस मिड रेन्ज एक्स सिरिजमा ५००० एमएएचको ब्याट्री र ६७ वाटको फास्ट चार्जिङ समावेश गरिएको छ।

पोको एक्स–५ प्रोमा एमोलिड स्क्रिन, सोसल मिडिया स्क्रोलिङ र गेमका लागि फ्ल्यागसिप–स्तरको १२० हर्जको रिफ्रेस रेट राखिएको छ।

यो स्मार्टफोन निलो, कालो, र पहेँलो गरी तीन रंगमा उपलब्ध छ। ६ जीबी/१२८ जीबी र ८ जीबी/२५६ जीबी गरी दुई स्टोरेजमा उपलब्ध एक्स-५ प्रोको मूल्य क्रमशः ३९ हजार ९९९ र ४२ हजार ९९९ तोकिएको छ।

प्रकाशित: २२ वैशाख २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =