प्रजातन्त्रको प्राण हो सूचनाको हक : सभामुख

हिमाल प्रेस २२ वैशाख २०८० ११:५०
4
SHARES
प्रजातन्त्रको प्राण हो सूचनाको हक : सभामुख फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको प्राण भएको बताएका छन्।

राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम उद्घाटनमा उनले प्रजातन्त्रमा सूचनाबिना मुलुक र जनताको विकास हुन नसक्ने बताएका हुन्।

‘अहिले पनि सूचनाको हक हुन्छ भन्ने धेरै जनतालाई थाहा छैन,’ उनले भने, ‘सरकारले गरेका कामकारबाही पारदर्शीरूपमा सार्वजनिक गर्ने र मुलुकमा सुशासन कामय गर्ने काम सूचनाको हकले गर्छ।’ उनले सार्वजनिक निकायले सूचना हक जानकारी गराउनुपर्छ भनेर सबैमा अभियानकै रूपमा सचेत गराउनुपर्नेमा जोड दिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकले जनतालाई बलियो बनाउने र यसले जनस्तरमा सरकारले गरेका कामकारबाही जस्ताको तस्तै जाने बताए।

 

प्रकाशित: २२ वैशाख २०८० ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 14 =