रास्वपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय हुने

हिमाल प्रेस २२ वैशाख २०८० ११:४२
18
SHARES
रास्वपाको बैठक बस्दै, सरकारमा सहभागिताबारे निर्णय हुने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज (शुक्रबार) निर्णय गर्ने भएको छ। उक्त पार्टीले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।

आज अपराह्न ५ बजे बस्ने बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ। यसै गरी पछिल्लो समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा आजको बैठकमा छलफल हुने पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएपछि आज पार्टीको दोस्रोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो। रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ।

प्रकाशित: २२ वैशाख २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =