सज्जनको ‘पार्वती’ युट्युबमा

हिमाल प्रेस २१ वैशाख २०८० १३:४६
124
SHARES
सज्जनको ‘पार्वती’ युट्युबमा

काठमाडौँ- शान्ति श्री परियार र सज्जन बोहोराको स्वरमा ‘पार्वती’ बोलको लोकगीत सार्वजनिक भएको छ।

गीत गायक बोहोराकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। बसन्त विश्वकर्माको शब्द रहेको गीतमा प्रकाश दुतराजले संगीत भरेका छन्।

गीतमा एचबिएन किस्मतको संगीत संयोजन छ। मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडियोमा गायक बोहोरा र जुना सुन्दासको अभिनय छ।

गीतमा साली भिनाजुको प्रेमकथा प्रस्तुत गरिएको छ। भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन्।

 

प्रकाशित: २१ वैशाख २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 17 =