‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शन

हिमाल प्रेस २१ वैशाख २०८० ९:१८
8
SHARES
‘ज्याकीः आई एम ट्वान्टी वान’ प्रदर्शन

काठमाडौँ- नृत्य फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ आजदेखि देशभर प्रदर्शन भएको छ।

रेनशा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। नेपालमा डान्स कथामा बनेको पहिलो फिल्म हो ‘ज्याकी’।

फिल्ममा कलाकार धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा छन्। सफल डान्सर बन्न उनीहरूले गरेको संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ।

सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा अन्य कलाकार अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बूलगायतको अभिनय छ।

फिल्मले आज मल्टिप्लेक्स अन्तर्गतका क्यूएफएक्स सिनेमाजमा २५ शो पाएको छ।

प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा फिल्मका निर्माता हुन्। निमेष श्रेष्ठले सम्पादन गरेको फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत छ।

हलमा यसबाहेक अन्य हिन्दी नेपाली र अंग्रेजी गरी ७ फिल्म प्रदर्शनरत छन्।

नेपाली फिल्ममा ‘जारी’, ‘कैदीको पत्र’, ‘नाई नभन्नु ल ६’, ‘प्रसाद २’, र डकुमेन्ट्री फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ छन्।

हिन्दी फिल्म ‘किसिका भाई किसिकी जान’ र अंग्रेजीमा ‘इभिल डेड राईज’ पनि चलिरहेको छ।

प्रकाशित: २१ वैशाख २०८० ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =