नवनियुक्त मन्त्रीको शपथ आज

हिमाल प्रेस २१ वैशाख २०८० ७:००
4
SHARES
नवनियुक्त मन्त्रीको शपथ आज

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा नवनियुक्त ३ जना मन्त्रीको शपथ ग्रहण आज बिहीबार हुने भएको छ ।

बिहीबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ गराइनेछ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्त गरेका थिए।

गत पुस ११ गते गठित मन्त्रिपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरी कार्यभार तोकिएको थियो।

 

प्रकाशित: २१ वैशाख २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =