सात सचिव सरुवा, को कहाँ?

हिमाल प्रेस २१ वैशाख २०८० ६:०१
14
SHARES
सात सचिव सरुवा, को कहाँ? सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठक। तस्बिर : रासस

काठमाडौँ– नेपाल सरकारका सात सचिव सरुवा भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले उनीहरूको सरुवा गरेको हो। अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरिएको छ।

अर्थका सचिव तोयम राय उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन्।  सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा व्यवस्थापन गरिएको छ। यसअघि उनलाई सोही कार्यालयमा पाँच सातादेखि कामै नदिई राखिएको थियो।

राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने तयारी गरेको आरोप लागेर पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई अतिरिक्त समूहमा राखिएको छ।

प्रधानमन्त्री कार्यालयका सुमन अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा र महिला मन्त्रालयका सचिव डिल्लीराम शर्मा राष्ट्रपतिको कार्यालय सरुवा भएका छन्।

प्रकाशित: २१ वैशाख २०८० ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =