सामसङको एम-१४ स्मार्टफोन सार्वजनिक

हिमाल प्रेस २० वैशाख २०८० १७:५४
8
SHARES
सामसङको एम-१४ स्मार्टफोन सार्वजनिक

काठमाडौँ- सामसङले ५० मेगापिक्सलको ३ वटा क्यामेरा भएको एम-१४ फाइभ जी स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा ६ हजार एमएएचको ब्याट्री र ५ एनएम प्रोसेसर रहेको कम्पनीले जानकारी दिएको छ। एम-१४ मा सेल्फी खिच्नका लागि १३ मेगापिक्सलको फ्रन्ट क्यामरा छ।

ग्यालेक्सी एम-१४ मा भएको र्‍याम प्लस विशेषताले १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिने कम्पनीको भनाइ छ। यसमा ६.६ इन्चको एचडी प्लस ९० हर्ज डिस्प्ले छ।

ग्यालेक्सी एम-१४ फाइभ जी आइसाइ सिल्भर, बेरी ब्लू र स्मोकी टेल गरी तीन रंगमा उपलब्ध छ। ६ प्लस १२८ जीबी भएको ग्यालेक्सी एम-१४ फाइभ जीको मूल्य २४ हजार ९ सय ९९ तोकिएको छ।

प्रकाशित: २० वैशाख २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =