ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २० वैशाख २०८० १६:०२
172
SHARES
ललितपुर महानगरका शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- ललितपुर महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

पौडेले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पौडेलविरुद्ध एक लाख विगो कायम गरी जरिवाना तथा कैद सजाय मागसहित बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

यस्तो छ अख्तियारको विज्ञप्ति 

प्रेस विज्ञप्ति:- मिति २०८०।०१।२० गते ।

जिल्ला ललितपुर, ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज शिक्षा अधिकृत शेषकान्त पौडेललाई सेवाग्राहीबाट रु.१,००,०००।–(एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला ललितपुर, ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु.१,००,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज शेषकान्त पौडेललाई बिगो रु.१,००,०००।- (एक लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

    
प्रवक्ता

भोला दाहाल

प्रकाशित: २० वैशाख २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =