राष्ट्रपतिले जारी गरे मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश

हिमाल प्रेस २० वैशाख २०८० १५:४६
20
SHARES
राष्ट्रपतिले जारी गरे मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निर्वाचित भएपछि पहिलो अध्यादेश जारी गरेका छन्। फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका पौडेलले पहिलो अध्यादेशका रूपमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ जारी गरेका हुन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन्। यो अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य लिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

प्रकाशित: २० वैशाख २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =