संसद्को बर्खे अधिवेशन वैशाख २४ मा बोलाउने तयारी

हिमाल प्रेस २० वैशाख २०८० १३:४३
2
SHARE
संसद्को बर्खे अधिवेशन वैशाख २४ मा बोलाउने तयारी

काठमाडौँ- सरकारले वैशाख २४ गतेका लागि संसद्को बर्खे अधिवेशन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गते अन्त्य भएको हिउँदे अधिवेशन २४ गते आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सरकारले हरेक जेठ १५ मा वार्षिक बजेट प्रस्तुत गर्दै आइरहेको छ।

बजेट ल्याउनु अगाडि राष्ट्रपतिले संघीय संसद्‌का दुवै बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: २० वैशाख २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =