सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने

हिमाल प्रेस २० वैशाख २०८० १३:३३
2
SHARE
सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई ६/६ लाख दिने

काठमाडौँ- सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई ६/६ लाख रुपैयाँ दिने भएको छ।

मन्त्रिपरिषद्को मंगलबार बेलुका बसेको बैठकले खेलाडीलाई ६/६ लाख रुपैयाँ र अफिसियललाई ३/३ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो।

साथै, कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको छ।
बैठकले कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा विस्थापितहरूका सन्दर्भमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गर्ने निर्णय गरेको छ।

आयोग पुनर्गणनाका लागि तीन महिना म्याद थप गर्ने सञ्चारमन्त्री एवं प्रवक्ता रेखा शर्माले बताइन्।

प्रकाशित: २० वैशाख २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =