मिटरब्याजी समस्या समाधान गर्न अध्यादेश ल्याउने सरकारकाे निर्णय

हिमाल प्रेस १९ वैशाख २०८० १९:३९
6
SHARES
मिटरब्याजी समस्या समाधान गर्न अध्यादेश ल्याउने सरकारकाे निर्णय फाइल तस्बिर।

काठमाडौँ- सरकारले मिटरब्याजसँग सम्बन्धित कानुन निर्माणका लागि अध्यादेश ल्याउने निर्णय गरेकाे छ। मंगलबार बसेकाे मन्त्रिपरिषद्‍काे बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

मिटरब्याजसँग सम्बन्धित समस्या छिटोभन्दा छिटो समाधान गर्न सरकारले आवश्यक कानुनी व्यवस्था गर्न लागेको मन्त्री शर्माको भनाइ थियो। उनले बुधबार पनि मन्त्रीपरिषद् बैठक बस्ने र अन्य निर्णय हुने बताइन्।

प्रकाशित: १९ वैशाख २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 13 =