तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने नेपाल बारको चेतावनी

हिमाल प्रेस १९ वैशाख २०८० १५:०५
4
SHARES
तत्काल प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलन गर्ने नेपाल बारको चेतावनी

काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले तुरुन्तै प्रधानन्यायाधीश नियुक्ति नगरे थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिए। उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए।

‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयमा अभियान सञ्चालन गरेको छ। नेपालको संवैधानिक परिषद्ले नेपालको प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गरेन, त्यसका कारणले हामी आन्दोलित छौँ,’ उनले भने,’बार एशोसिएशनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ, तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ। त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन सुररु गर्नेछ।’

कानून व्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति गर, सर्वोच्च अदालत र सबै अदालतहरूमा रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

 

प्रकाशित: १९ वैशाख २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =