लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

हिमाल प्रेस १९ वैशाख २०८० १४:१०
4
SHARES
लुम्बिनीका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। आज मंगलबार बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन्। चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। चौधरी कांग्रेसबाट निर्वाचित सांसद हुन्।

चौधरीको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको थियो। चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले विश्वासको मत दिए।

एमालेका २९ सांसदले विपक्षमा मतदान गरेका थिए। विश्वासको मतको छलफलका क्रममा नेकपा एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले मुख्यमन्त्री नियुक्त भएको प्रदेश प्रमुखको पत्र पढेर नसुनाएको भन्दै विरोध गरेका थिए।

एमालेले विरोध जनाएपछि केहीबेर बैठक रोकिएको थियो। सभामुखले सत्तापक्ष र विपक्षी दलसँग छलफल गरेपछि पुन: बैठक सुरु भएको थियो।

प्रकाशित: १९ वैशाख २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =