उपचार खर्च आफैँ बेहाेर्ने राष्ट्रपतिको चाहना

हिमाल प्रेस १९ वैशाख २०८० १२:५९
2
SHARE
उपचार खर्च आफैँ बेहाेर्ने राष्ट्रपतिको चाहना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बेहाेर्ने चाहना राखेका छन्। राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफ्नो खर्च आफै बेहाेर्ने भएका हुन्।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

छात्तीमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुविज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि वैशाख पहिलो साता गएका थिए।

प्रकाशित: १९ वैशाख २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =