देशमा व्याप्त तमाम बेथितिको अन्त्य गर्न सरकार तयार : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस १९ वैशाख २०८० १२:४७
2
SHARE
देशमा व्याप्त तमाम बेथितिको अन्त्य गर्न सरकार तयार : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेन्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौं सञ्चार तथा सूचना प्रविधि दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले देशमा व्याप्त तमाम खाले बेथितिको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन्।

वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको शर्माले उल्लेख गरिन्।

उनले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच र परामर्शलगायतका सेवा सरकारले सुरु गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन्।

 

प्रकाशित: १९ वैशाख २०८० १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =