रास्वपा सभापति लामिछाने र जनमत पार्टीका अध्यक्ष राउतबीच छलफल

हिमाल प्रेस १९ वैशाख २०८० १२:१६
6
SHARES
रास्वपा सभापति लामिछाने र जनमत पार्टीका अध्यक्ष राउतबीच छलफल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच छलफल भएको छ। आज भएको भेटघाटमा समसामयिक विषयमा छलफल भएको रास्वपा स्रोतको दाबी छ।

अबको राजनीतिक दिशाका विषयमा लामिछाने र राउतबीच छलफल भएको बताइन्छ।

रास्वपाको फेसबुक पेजमा दुई नेताको तस्बिर राखेर ‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो।’ भनिएको छ।

प्रकाशित: १९ वैशाख २०८० १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =