क्रिकेट खेलाडीलाई थप पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १९ वैशाख २०८० १२:०३
2
SHARE
क्रिकेट खेलाडीलाई थप पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।

प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेका छन्।

उनले भनेका छन्,  ‘देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ नेपालले मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको हो। यूएईलाई नेपालले ७ विकेटले हराएको छ।

प्रकाशित: १९ वैशाख २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =