इन्द्र रानाले ल्याए ‘भुइँमान्छेका कविता’

हिमाल प्रेस १८ वैशाख २०८० १८:४६
94
SHARES
इन्द्र रानाले ल्याए ‘भुइँमान्छेका कविता’

काठमाडौँ- अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे-१)को अवसरमा पोखराका मजदुर कवि इन्द्र राना ‘प्रतीक’को काठमाडौँमा ‘भुइँमान्छेका कविता’ विमोचन भएको छ। साहित्यकार माया ठकुरी, तीर्थ श्रेष्ठ, बुक्स हिमालयका प्रकाशक पवन शाक्य र कवि रानाले संयुक्त रुपमा काठमाडौँको थापा गाउँस्थित मण्डला थिएटरमा संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा कवि तीर्थ श्रेष्ठले कोमल र सरल भाषामा कविता लेख्ने कविको रुपमा रानालाई परिचित गराए। कवि अभय श्रेष्ठले रानाको कविता जीवन र जगतसँग सम्बन्धित रहेको बताए। ‘एक मजदुर कविले विश्व जगतलाई कसरी हेर्छ भन्ने भाव रानाको कवितामा पाइन्छ’ उनले भने। उनले रानालाई काव्यिक उडान भएको कविको संज्ञा दिए। बुक्स हिमालयले प्रकाशन गरेको ‘भुइँमान्छेका कविता’ कृतिमा ३३ वटा कविता संग्रहित छन्।

कवि राईले कार्यक्रममा आफूले ‘मेरो देश दुखे जस्तो लाग्छ’ कविताबाट प्रेरणा लिएको र अग्रज कविहरूबाट नै कविता लेख्न सिकेको बताए। मगर पोशाकमा आएका मजदुर कवि रानाले कार्यक्रममा चर्चित कलाकार सुलेमान शंकर ‘इक्कु’को नाममा आधारित ‘इक्कु-इक्कु भन्छन् मलाई’ शीर्षकको कविता वाचन गरे।

उनको उक्त कवितामा इक्कुको नाममा भारी बोकेर जीवन चलाइरहेका मजदुरको कथा भनेका छन्। कार्यक्रममा कवि रानाले बाँदरहरू, सिकारी जुकाहरू, मलाई बुझ्न मन लाग्यो, काल आएसी, कालै हुन्छन् छायाँहरू, इन्जिनियरहरू, इन्द्रेणी पोखिएको धर्तीको गीत, रंगहरूको इन्द्रेणी, तिमी फूल हौ र अहिंसा प्रेमको जरा हुनुपर्थ्यो शीर्षकको कविता वाचन गरे।

उनको कवितामा देश प्रेम पनि झल्किएको छ। साथै सीमाना विवादबारे व्यंग्यात्मकता पनि उनको कवितामा पाइन्छ, जुन उनले वाचन गरेका ‘बादरहरू’ शीर्षकको कवितामा उल्लेख छन्। मर्दी खोला पुगेको समयमा जुका लागेपछि त्यहीँबाट ‘शिकारी जुकाहरू’ शीर्षक कविता लेखेको उनले बताए। जसमा उनले रगत र पसिना चुस्ने जुका राक्षस जुकालाई संकेतमा शोषित वर्गलाई व्यंग्य गरेका छन्।

त्यस्तै उनको कवितामा भुईँमान्छेलाई किराको संज्ञा दिएको कवितादेखि काल, इन्जिनियर, इन्द्रेणीलगायत नाममा देशभक्ति भाव र धर्ती आमालाई सुन्दर फूलसँग दाजेका कविताहरू समेटिएको छ। ६० वर्षका राना अहिले पोखराको विन्ध्यावासिनी मन्दिरमा तिर्थालुका नरिवल फोड्ने र प्रसाद बनाउने काम गर्छन्। पुर्ख्यौली घर स्याङ्जाको क्याक्मी गाउँ अर्थात हालको हरिनास गाउँपालिका हो।

तर उनको आफ्नो घर र जग्गा केही पनि छैन्। सानैदेखि रानाले ठेलामा सामान बेच्ने, सेती नदीमा बालुवा चाल्ने, घरहरू प्लास्टर तथा रंग लगाउनेजस्ता काम गरेर जीवन चलाएको बताउँछन्। हाल उनी पोखरामा डेरामा बस्छन्। कवि रानालाई कार्यक्रममा आयोजकले कवि रानालाई ५१ हजार रूपैँया नगदसहित कदरपत्रसहित सम्मान गरे। कवि रानाको संघर्षपूर्ण जीवनको प्रेरणास्वरुप उक्त सम्मान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =