तातोपानी नाका दुईतर्फी सञ्चालन

हिमाल प्रेस १८ वैशाख २०८० १७:५०
4
SHARES
तातोपानी नाका दुईतर्फी सञ्चालन

सिन्धुपाल्चोक- तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ। यसअघि भूकम्प, कोभिडलगायतका कारणले बन्द रहेको तातोपानी नाका सोमबारदेखि आयात र निर्यात सुरु गर्दै दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।

सोमबार बिहान नेपालबाट ३ ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए। वैशाख पहिलो साता नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो।

सोहीअनुसार नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुल्ला गरिएको केसीको भनाइ छ। यसअघि चीनबाट सामग्री ल्याउन मात्रै तातोपानी नाका एकतर्फी सञ्चालमा थियो।

सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका पुनः दुईतर्फी सञ्चालनमा ल्याइएको र छिट्टै मान्छेको आवतजावत पनि सुरु हुने बताए। रासस

तातोपानी नाका सञ्चालन गराउन छलफल

प्रकाशित: १८ वैशाख २०८० १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =