‘प्रहरीको सरुवा, बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप छैन’

हिमाल प्रेस १८ वैशाख २०८० १६:५८
344
SHARES
‘प्रहरीको सरुवा, बढुवामा कुनै पनि राजनीतिक हस्तक्षेप छैन’

काठमाडौँ- सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो संगठनभित्रको सरुवा बढुवामा राजनीतिक हस्तक्षेप नभएको बताएका छन्। सोमबार सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक अर्यालले संगठनभित्रको सरुवा, बढुवामा कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप नभएको बताएका हुन्।

उनले सरुवा, बढुवा संगठनले चाहेअनुसार नै भइरहेको स्पष्ट पारे। सशस्त्र प्रहरीको सादा पोशाकमा हुने विकृतिलाई हटाइएको उनको भनाइ छ। सीमा सूरक्षा गर्नु आफूहरूको मुख्य काम भएको भन्दै प्राथमिकताका आधारमा सीमामा जनशक्ति राखिने अर्यालले बताए।

‘सादा पोशाकमा हुने विकृति हटाएको हो। सादा पोशाकबाट गएर बार्गेनिङ गर्ने काम हुँदैन। त्यो प्रवृत्ति हटाएको हो। त्यस्तो राजनीतिक हस्तक्षेप कुनै पनि छैन यो सशस्त्र प्रहरी बलमा,’ उनले भने, ‘हामीले संगठनले चाहे अनुसारको सरुवा, बढुवा गरेका छौँ। प्राथमिकताका आधारमा सीमामा जनशक्ति राख्दै जान्छौँ। सुविधा पाउँदा मात्रै गर्छौं भन्ने होइन। सुविधा नपाउँदाखेरी टेन्ट टाँगेर पनि बसेर गर्नुपर्ने हुन्छ।

सीमा सूरक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए। संगठनलाई डिजिटलमैत्री बनाउन सरकारले सहयोग गरिरहेको उनको भनाइ छ। ‘हामीले यहाँ सेन्टरमा बसेर सबै ठाउँको मनिटर गर्नसक्यौँ भने राम्रो हुन्छ भन्ने हिसाबले काम गरेका छौँ’ उनले भने।

प्रकाशित: १८ वैशाख २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =