‘ए साथी सुन’को लिरिकल भिडियो ‘मनले भन्छ’ सार्वजनिक

हिमाल प्रेस १८ वैशाख २०८० १६:२९
4
SHARES
‘ए साथी सुन’को लिरिकल भिडियो ‘मनले भन्छ’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘ए साथी सुन’को लिरिकल भिडियो ‘मनले भन्छ’ सार्वजनिक भएको छ। उज्जवल सागरको स्वर रहेको गीतमा हर्क साउदका शब्द र उज्जवलकै संगीत रहेको छ।

वर्षा शिवाकोटी र रमेश बानियाँ मुख्य भूमिकामा रहेको फिल्मको यसअघि शीर्ष गीत आएको थियो। रमेश बानियाँले यस फिल्मबाट अभिनयमा डेब्यु गर्दै छन्।

लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्ममा वर्षा र रमेशसँगै सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी, सुवास शाहीलगायत कलाकारको अभिनय छ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म आगामी जेठ ५ मा प्रदर्शनमा आउनेछ। यसअघि फिल्मको प्रदर्शन मिति चैत १० थियो। विभिन्न कारण देखाउँदै मिति जेठ ५मा धकेलिएको हो।

प्रकाशित: १८ वैशाख २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =