‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’मा ३७ देशका ९९ फिल्म देखाइने

हिमाल प्रेस १८ वैशाख २०८० १३:५६
4
SHARES
‘नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल’मा ३७ देशका ९९ फिल्म देखाइने

काठमाडौँ- नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले पाँचौ संस्करणका लागि ३७ देशका ९९ फिल्म छनोट गरेको छ।

फेस्टिभलमा नेपालसहित भारत, पोल्यान्ड, स्विडेन, फ्रान्स, अष्ट्रेलिया, बंगलादेश, क्यानडा, टर्की, जापान, पाकिस्तान, जर्मनी, चीन, मेक्सिकोलगायत ३७ देशका फिल्म छानिएका हुन्। जसमा अन्तर्राष्ट्रिय सर्ट फिल्म, वृत्तचित्र, फिचर फिल्मसहित महिला, बालबालिका, मानव अधिकार र वातावरणसँग सम्बन्धित फिल्महरू छनोट भएका छन्।

फेस्टिभलमा अन्तर्राष्ट्रिय फिचर, सर्ट, डकुमेन्ट्री फिल्मलगायत सात विधामा ३० वटा अवार्ड प्रदान गरिनेछ।

प्रकाशित: १८ वैशाख २०८० १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =