राजनीतिक र सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका : मुख्यमन्त्री कार्की

हिमाल प्रेस १८ वैशाख २०८० १३:१५
2
SHARE
राजनीतिक र सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका : मुख्यमन्त्री कार्की एमाले कोशीका संसदीय दलका नेता हिक्मत कार्की। फाइल तस्बिर।

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा श्रमिकको ऐतिहासिक भूमिका रहेको बताएका छन्।

आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै कार्कीले हाल प्राप्त उपलब्धिमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको प्रवाह नगरी महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

‘विसं २००७ मा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिकले प्रजातन्त्रको विगुल फुकेका थिए। नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु’ उनले भने।

 

प्रकाशित: १८ वैशाख २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =