प्रधानमन्त्रीको दाबी : नोट गरेर राख्नु, यो सरकार पाँचै वर्ष टिक्छ

हिमाल प्रेस १८ वैशाख २०८० ८:५५
16
SHARES
प्रधानमन्त्रीको दाबी : नोट गरेर राख्नु, यो सरकार पाँचै वर्ष टिक्छ चितवनको आफ्नै घरमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार पाँच वर्ष नै टिक्ने बताएका छन्।

चितवनमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सरकार पाँच वर्ष चल्ने दाबी गरे।

‘यो भ्रम हो। तपाईं नोट गर्नुहोला,सरकार यताउति हुन्छ कि भन्ने निकै ठूलो भ्रम हो।यो सरकार पाँचै वर्ष चल्छ,’उनले पत्रकारको प्रश्नमा जवाफ दिए।

अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर त्यहाँ भइरहेको आन्दोलनमा सत्तारूढ दलको संलग्नता नरहेको प्रष्टीकरण दिए।

प्रकाशित: १८ वैशाख २०८० ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 9 =