सेनाद्वारा विमानस्थलमा विपद् व्यवस्थापनको पूर्वाभ्यास

हिमाल प्रेस १७ वैशाख २०८० २१:१३
6
SHARES
सेनाद्वारा विमानस्थलमा विपद् व्यवस्थापनको पूर्वाभ्यास

काठमाडौँ– नेपाली सेनाले विमानस्थल अवतरण र उडानका बखत आउन सक्ने आकस्मिक चुनौतीको अवस्थामा तत्काल जनशक्ति परिचालन भई कसरी समन्वयमा कार्य सम्पादन गर्ने भनी पूर्र्वाभ्यास गरेको छ।

विमानस्थलबाट उडेका तथा बाहिरबाट आएका विमान आकस्मिक अवतरण गर्न परेको खण्डमा सेनाका विभिन्न एकाइ र जनशक्तिबीचको समन्वयमा गरिनुपर्ने कार्य र अपनाउनपर्ने सावधानीलाई केन्द्रित गरी पूर्वाभ्यास गरिएको हो।

पूर्वाभ्यासका क्रममा सुरक्षा दस्ता, दमकलसहितको उद्धार तथा व्यवस्थापन, इन्जिनियर्स र स्वास्थ्य टोलीबीचको समन्वयनमा गरिने कार्यको करिब डेढ घण्टाको उद्धारसम्बन्धी पूर्वाभ्यास गरिएको सेनाका प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए।

उक्त अभ्यासका क्रममा विमान उडान र अवतरणमा कुनै प्रभाव नपरेको सेनाले जनाएको छ।

छाउनी अस्पतालबाट स्वास्थ्य टोली, महाराजगञ्जमा तैनाथ विशेष बाहिनी, सुन्दरीजलबाट दमकलसहितको व्यवस्थापन टोली इमर्जेन्सी साइरन बजाएर त्यहाँ पुगेकाले पनि साँझको सडक यातायात व्यवस्थापनमा भने केही चाप परेको बताइएको छ।

सेनाले हवाई जहाज अवतरण र उडानसँग सम्बन्धित आपत्कालीन अवस्थामा गरिने विपद् व्यवस्थापनको सफल अभ्यास गरेको प्रवक्ता भण्डारीले बताए।

‘विमानस्थलमा आकस्मिक अवतरणमा आइपर्ने सक्ने चुनौतीलाई सहज व्यवस्थापन गर्ने कार्यमा सेनाका युनिट र जनशक्तिको मात्र सहभागिता रहेको अभ्यासबाट अप्ठेरो पर्दा गरिने कामको क्षमतासमेत परीक्षण हुन्छ,’ उनले भने।

अभ्यासको नेतृत्व सहायक रथीस्तरबाट भएको हो। सेनाले यसअघि पनि अरू सरोकार निकायसँगको सहकार्यमा यस्ता अभ्यास गर्दै आएको छ।

प्रकाशित: १७ वैशाख २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =