बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै एसपी तिमल्सिनाले दिए राजीनामा

हिमाल प्रेस १७ वैशाख २०८० १६:०२
1.4k
SHARES
बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै एसपी तिमल्सिनाले दिए राजीनामा

काठमाडौँ– नेपाल प्रहरीका एसपी आभुषण तिमल्सिनाले पदबाट राजीनामा दिएका छन्। वैशाख १५ गते प्रहरीको बढुवा सिफारिस समितिले १८ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गर्दा आफ्नो नाम छुटाएर अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्।

०५६ असार ३ गते इन्स्पेक्टरमा पहिलो नम्बरमा नाम निकालेका उनी त्यसपछिको पदको बढुवामा भने पछाडि पारिँदै आएको आरोप पनि प्रहरी नेतृत्वमाथि छ।  ०७५ जेठ २९ मा डीएसपीबाट एसपी र ०६७ पुस २३ मा इस्न्पेक्टरबाट डीएसपी बढुवामा तिम्सिनाभन्दा कम नम्बर ल्याएका एसपीहरू यसचोटि एसएसपी सिफारिस भएका छन्। यसले यसबारे प्रहरीका माथिल्लो तहका अधिकृतहरूलाई ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ नभएपछि राजीनामा दिएको बताएका छन्।
एसपीको एसएसपीमा बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको भन्दै उनले राजीनामा दिएको उनको भनाइ छ।  नेपाल प्रहरीमा १८ एसएसपीको पद रिक्त छ। १३ एसएसपी डीआईजीमा बढुवा भएको र केही भने एसएसपीबाटै अवकाशमा गएपछि १८ पद रिक्त छ। उक्त रिक्त पदपूर्तिका लागि बढुवा सिफारिस गरिएको छ। त्यस्तै एसएसपी बढुवामा एसपी नान्तीराज गुरुङलले पनि असन्तुष्टि जनाउँदै कार्यसम्पादन मूल्यांकन फारम सार्वजनिक गर्न माग गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कठायतले उनले राजीनामा दिएको बारे प्रहरी प्रधान कार्यालयमा जानकारी आइनसकेको बताए। उनले भने, ‘उहाँले राजीनामा दिएको कुरा यहाँ जानकारी आइसकेको छैन।  उहाँले कार्यरत विभागमा पत्र बुझाउनु भयो होला।’

१८ एसपीको एसएसपीका लागि बढुवा सिफारिस [सूचीसहित]

 

प्रकाशित: १७ वैशाख २०८० १६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =