सहरमा आज

पूर्वकुमारीको तस्बिर प्रदर्शनी, तीन नाटक मञ्चन र राष्ट्रिय लेखक दिवस

सुस्मिता बजगाईं १६ वैशाख २०८० ६:२१
154
SHARES
पूर्वकुमारीको तस्बिर प्रदर्शनी, तीन नाटक मञ्चन र राष्ट्रिय लेखक दिवस

काठमाडौँ- शनिबार बिदाको दिन। फुसर्दमा हुनुहुन्छ भने उपत्यकाका विभिन्न ठाउँमा भइरहेका मनोरञ्जनात्मक गतिविधि सहभागी हुन सक्नुहुन्छ। सिनेमा हलमा नेपाली डकुमेन्ट्री हेर्न पाइन्छ। यस्तै विभिन्न हलमा गरी काठमाडौँमा नेपाली, अंग्रेजी र हिन्दीका गरी सातवटा फिल्म प्रदर्शन भइरहेका छन्।

नाट्यघरहरूमा विभिन्न नाटक मञ्चन भइरहेका छन्। साहित्यका पारखी हुनुहुन्छ भने पुस्तक विमोचन तपाईँका लागि राम्रो गन्तव्य हुन्छ। यस्तै प्रथम राष्ट्रिय लेखक दिवस पनि आजै मनाइँदैछ।

चित्रकला अवलोकनकर्ताका लागि प्रदर्शनीस्थलले डाकिरहेको छ, त्यो पनि निःशुल्क प्रवेशसहित। कुनकुन ठाउँमा केकस्ता महोत्सव, फिल्म नाटक, फोटो प्रदर्शनी, पुस्तक विमोचनलगायतका गतिविधि भइरहेका छन् त?

प्रथम राष्ट्रिय लेखक दिवस

नेपाली लेखक संघको आयोजनामा शनिबार प्रथम राष्ट्रिय लेखक दिवस मनाइँदैछ। राजधानीको प्रज्ञा भवनमा दिउँसो १ बजे आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रिय लेखक पुरस्कार पनि समर्पण गरिने संघकी सचिव अनुपमा रेग्मीले जानकारी दिएकी छन्।

राणाकालमा अभियन्ता लेखक बुद्धिजीवीहरूलाई पक्राउ गरेको मिति १९८७ साल वैशाख १६ र १७ गतेमध्ये सुरु दिन वैशाख १६ गतेको सम्झनामा लेखक दिवस मनाउन लागिएको हो। यस वर्षदेखि हरेक वैशाख १६ गते लेखक दिवस मनाइने संघले जनाएको छ।

ओ पेङ्दोर्जे

कालिकास्थानस्थित नेपालय पब्लिकेसनमा राजु स्याङ्तानको पहिलो कविता संग्रह ‘ओ पेङ्दोर्जे’ विमोचन हुँदैछ। विमोचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ। पुस्तक पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो।

मुसुक्क म

पब्लिकेसन नेपालयमै साहित्यकार हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ विमोचन हुँदैछ। पुस्तक पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। पुस्तकमा कोरोना महामारीका परिदृश्य र अन्य विषयमा लेखिएका लघुकथा समेटिएको छ।

पूर्वकुमारी समिता बज्राचार्यको फोटो प्रदर्शनी

पाटन संग्रहालयमा वैशाख १२ गतेदेखि पूर्वकुमारी (जीवित देवी) समिता बज्राचार्यको जीवनयात्रा दर्साउने फोटो प्रदर्शनी भइरहेको छ।

कराओके इन्टरटेनमेन्टको आयोजनामा फोटो पत्रकार कुवेर डंगोल र नरेन्द्र श्रेष्ठले संकलन गरेका पूर्वकुमारी बज्राचार्यको ४३ वटा तस्बिर प्रदर्शनीमा राखिएका छन्।

१९ गतेसम्म चल्ने प्रदर्शनीमा २०६७ सालदेखि २०७१ सम्मको अवधिमा पाटनमा जीवित देवीकुमारीको रूपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल’ सम्मको जीवनीयात्रा समेटिएका तस्बिरहरु छन्।

नेपाल डान्स फेस्ट

न्युरोड विशालबजारस्थित बेन्टो लाउन्ज एन्ड बारमा दुई दिने ‘नेपाल डान्स फेस्ट (एनडीएफ)’ भइरहेको छ। वैशाख १६ गते नृत्य दिवसका अवसरमा इम्पल्स एकेडेमी अफ पर्फमिङ आट्र्स र बेली डान्स नेपालको आयोजनामा फेस्टिभल भएको हो। दुईदिने फेस्टिभलको शनिबार अन्तिम दिन हो। फेस्टिभलमा सहभागी हुन पाँच सयदेखि एक हजार सम्मका टिकटको व्यवस्था छ।

सिद्धार्थ आर्ट ग्यालरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालेरीमा ‘फ्रम भक्तपुर टु कान्तिपुर’ नामक चित्रकला प्रदर्शनी भइरहेको छ। वैशाख ६ गतेदेखि सुरु भएको प्रदर्शनी जेठ ५ सम्म चल्नेछ।
प्रदर्शनीमा भक्तपुरका डिभोटी आर्टिस्ट सर्कल र ख्वपः पौभा च्वमी पुचःले तयार पारेका परम्परागत र समसामयिक चित्रकला छन्।

डिभोटीका ११ जनाको समूहले परम्परागत र आधुनिक शैलीको पेन्टिङ प्रदर्शनमा राखेका छन् भने स्वपः पौभाले २८ जना कलाकारको थान्का कला प्रदर्शनमा राखेका छन्।

मण्डलामा ‘जून’

थापागाउँस्थित मण्डला नाटकघरमा वैशाख १५ गतेदेखि सांगीतिक नृत्यनाटिका ‘जूनः मोर द्यान अ फेयरी टेल’ मञ्चन भइरहेको छ। नाटिका २४ वैशाखसम्म चल्ने नृत्यनाटिकाका परिकल्पनाकार तथा निर्देशक नम्रता केसी हुन्।

नाटिकामा मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनिशा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ति सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियंका चम्लागाईं, दिलशा गुरुङ, शर्मिष्ठा दास, सुजता दास, सृष्टि दास र दृष्टि दाहालको अभिनय छ। नाटकको पहिलो मञ्चन २४ मार्च अर्थात् गत चैत १० गते जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो।

नाटकमा सानैमा आमा गुमाएकी जूनको कथा छ। सोमनाथ खनालको प्रस्तुति रहेको नाटिका मण्डलामा सोमबारबाहेक प्रत्येक दिन बेलुका साढे ५ बजेदेखि सुरु हुनेछ। साथै आज (शनिबार) दिउँसो २ बजे अतिरिक्त सो छ।

पुरानो नाटकघरमा ‘चे इज ब्याक’

सिनामंगलस्थित पुरानो घर थिएटरमा वैशाख १५ गतेदेखि ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ। जेठ ७ गतेसम्म चल्ने नाटकका निर्देशक कुन्दन चौधरी हुन्। सुलक्षण भारतीको लेखन रहेको नाटक बुधबारबाहेक हरेक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै आज शनिबार साढे १ बजेको अतिरिक्त सो छ।

गुरुकुलमा ‘मार्क्स फर्किए’

आरोहण गुरुकुल कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ नाटक मञ्चन जारी छ। नाटकमा कार्ल मार्क्सले एक सय ४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ।

नाटकमा कलाकार सुनील पोखरेल, निशा शर्मा, राम्भाजन कामत, राज न्यौपाने, सुवार निमिल्सिना, सुनिशा बजगाईंको अभिनय छ।

नाटक वैशाख २२ गतेसम्म चल्ने नाटक अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’को नेपाली संस्करण हो। नाटकको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।

नाटकको परिकल्पना तथा निर्देशक सुनिल पोख्रेल र प्रवीण खतिवडा हुन्। नाटक सोमबार बाहेक प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुने नाटक आज (शनिबार) भने दिउँसो १ बजेको पनि सो छ।

हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘नाइँ न भन्नु ल ६’, ‘प्रसाद २’, ‘कैदीको पत्र’, ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’, र ‘जारी’, चलिरहेका छन्। हिन्दीमा ‘किसिका भाइ किसिकी जान’ र अंग्रेजीमा ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेको छ।

पासा ङः इन द स्याडो अफ एभरेस्ट

वैशाख १५ गतेदेखि डकुमेन्ट्री फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ नेपाली हलहरुमा प्रदर्शनरत छ। फिल्म पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरिन् भन्ने कथामा आधारित छ।

अमेरिकी निर्देशक न्यान्सी स्भेन्डसेन निर्देशित फिल्ममा लाक्पा शेर्पा, भिन्सेन एडम्स, पेम्बा नोर्बु शेर्पालगायतको अभिनय छ। उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्युएफएक्स भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिजमा ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ चलिरहेको छ।

प्रसाद २

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ वैशाख १५ गतेदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ। अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्यएफएक्स भक्तपुर, छाया सेन्टर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘प्रसाद २’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल, बागबजारस्थित सिटीम्याक्स सिनेमा, ‘प्रसाद २’ चलिरहेका अन्य हल हुन्।

कैदीको पत्र

सनमकुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ वैशाख १५ गतेदेखि प्रदर्शनरत छ। प्रेमकथामा आधारित फिल्ममा कुनाल विश्व, म्याडिसन लाजारुस, सलिना थापा मगर मुख्य भूमिकामा छन्।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, अष्टनारायण हल, बागबजारस्थित सिटीम्याक्स सिनेमा ‘कैदीको पत्र’ चलिरहेको छ।

नाइँ नभन्नू ल ६

विकासराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नू ल ६’ वैशाख १५ गतेदेखि विभिन्न हलमा चलिरहेको छ। फिल्ममा आशीर्वाद बि क्षेत्री, आँचल शर्मा, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, खड्गबहादुर पुन (खबपु) लगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गतका दरबार सिनेम्याक्स, क्यूएफएक्स भक्तपुर, छाया सेन्टर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्म ‘नाइँ नभन्नू ल ६’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बिएसआर मुभिज, अष्टनारायण हल, बागबजारस्थित सिटीम्याक्स सिनेमामा ‘नाइँ न भन्नु ल ६’ चलिरहेका छन्।

जारी

वैशाख १ गतेदेखि फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, लबिम मल, क्यूएफएक्स भक्तपुर, छाया सेन्टर र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा ‘जारी’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्त लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, न्रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बिजीमलस्थित बीएसआर मुभिज, माछापोखरीस्थित अष्टनारायण हलमा ‘जारी’ चलिरहेका अन्य हल हुन्।

किसिका भाइ किसिकी जान

सलमान खान अभिनीत हिन्दी फिल्म ‘किसिका भाइ किसिकी जान’ वैशाख ८ गतेदेखि नेपालमा प्रदर्शनरत छ। फिल्म एक्सन, कमेडी र ड्रामा जनरामा बनेको छ। फरहाद सामजीको निर्देशनमा बनेको फिल्ममा सलमान, दग्गुबती वेंकटेश, पूजा हेगडे र जगपति बाबु मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, क्युएफएक्स भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा ‘किसिका भाइ किसिकी जान’ प्रदर्शन भइरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, सीटीसी मलस्थित सिडिसी सिनेमाज, अष्टनारायण हल, बिजीमलस्थित बीएसआर मुभिज ‘किसिका भाइ किसिकी जान’ चलिरहेका अन्य हल हुन्।

इभिल डेड राइज

अंग्रेजी हरर फिल्म ‘इभिल डेड राइज’ २१ अप्रिलदेखि नेपालका विभिन्न हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक ली क्रोनिन हुन्। फिल्ममा एलिसा सदरल्यान्ड, लिली सुलिवान, मोर्गन डेभिसलगायतको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, लबिम मल, क्युएफएक्स भक्तपुर र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बौद्धस्थित एफसीयूबीई सिनेमाज, कमलपोखरीको बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: १६ वैशाख २०८० ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =