अस्वस्थताको कारण देखाउँदै कोइरीले पठाए संसद सचिवालयलाई पत्र

हिमाल प्रेस १४ वैशाख २०८० २२:००
10
SHARES
अस्वस्थताको कारण देखाउँदै कोइरीले पठाए संसद सचिवालयलाई पत्र

काठमाडौँ– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसद बैठकमा आफू उपस्थित हुन नसकेकोबारे संसद सचिवालयलाई पत्र पठाएका छन्। सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले आफू अस्वस्थताका कारण संसदमा उपस्थित हुन नसकेको कारण खुलाउँदै सचिवालयलाई पत्र पठाएको जानकारी दिए।

सचिवालयमा प्राप्त पत्रमा कोइरीले अस्वस्थताका कारण माघ २५ गतेदेखि संसदमा उपस्थित हुन नसकेको र स्वास्थ्य अवस्था सुधार भएपछि उपस्थित हुने व्यहोरा उल्लेख गरेको गिरीले बताए। प्रवक्ता गिरीकाअनुसार यसबीचमा कोइरीले दुई पटक पत्र पठाइएका छन्। बिनाजानकारी संसद बैठकमा १० पटकसम्म अनुपस्थित रहे सांसद पद स्वत: खारेज हुने संवैधानिक व्यवस्था छ।

तर कोइरीले सचिवालयलाई जानकारी गराएकाले उनको सांसद पद भने जोगिएको छ। संसद सचिवालय स्रोतकाअनुसार कोइरीको तलब भत्ता भने गएको छैन।

कोइरी ०७९ को आमनिर्वाचनमा महोत्तरीबाट निर्वाचित सांसद हुन्। उनीमाथि मधेस आन्दोलनका क्रममा प्रहरीका एक जवान हत्या गरेको अभियोग छ। उक्त अभियोग लागे पनि सरकारले कोइरीलाई पक्राउ नगरेको भन्दै तीवं आलोचना हुँदै आएको छ।

यता सरकारी पक्षले भने कोइरी संसदमा उपस्थित नभएकाले पक्राउ गर्न नसकिएको कारण देखाउँदै आएको छ।

प्रकाशित: १४ वैशाख २०८० २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =