काठमाडौँका सबै ठाउँमा सीसीटीभीको व्यवस्था गर्न गगन थापाको माग

हिमाल प्रेस १३ वैशाख २०८० १६:१८
4
SHARES
काठमाडौँका सबै ठाउँमा सीसीटीभीको व्यवस्था गर्न गगन थापाको माग

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सीसीटीभीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

काठमाडौँमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको जनाउँदै थापाले शान्तिसुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौँ महानगरपालिकाले मिलेर सबै ठाउँमा सीसीटीभी जडान गर्नुपर्ने बताएका हुन्।

प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले चाबहिल सरस्वतीनगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गरे।

उनले भने, ‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो। प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ। तर उहाँहरुले ठोस जवाफ पाउनुभएको छैन। आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ। सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ। यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस्।’

महामन्त्री थापाले सो घटनाको सत्यतथ्य तत्काल बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराए।

प्रकाशित: १३ वैशाख २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =