समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ : खिमलाल देवकोटा

हिमाल प्रेस १३ वैशाख २०८० १५:१२
10
SHARES
समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ : खिमलाल देवकोटा

काठमाडौँ- राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन्। बुधबारको राष्ट्रियसभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका हुन्।

उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए। त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको क्रमशः १६५ र ३३० मात्र बनाउनुपर्ने उनको भनाइ छ।

‘प्रधानमन्त्रीको कार्यकाल दुई पटक, सांसद वा मन्त्री तीन पटक र पार्टी दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ। समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ’, उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको संख्या २७५ र ५५० बाट घटाएर क्रमशः १६५ र ३३० मात्र बनाऊँ।’

उनले अदालत, संवैधानिक निकाय, राजदूत, विश्वविद्यालयमा दलिय भागबण्डा लगायतका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी कार्यकर्ता भर्ना गर्न पनि माग गरे।

नागरिकका समस्या र गुनासाहरु तत्कालै सम्बोधन हुने संयन्त्र बनाउन पनि माग गरे।

प्रकाशित: १३ वैशाख २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =