सभामुखले दलका नेतालाई भने : संसदीय समितिमा नाम तत्काल पठाउनुहोला, ढिला भयो

हिमाल प्रेस १३ वैशाख २०८० १३:२७
8
SHARES
सभामुखले दलका नेतालाई भने : संसदीय समितिमा नाम तत्काल पठाउनुहोला, ढिला भयो

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्नुअघि अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।

आजको कार्यसूचीमाथि छलफल गर्न सभामुखले बैठक बोलाएका छन्। बैठकमा सभामुख देवराज घिमिरेले दलहरूसँग समितिमा बस्ने सांसदको नाम मागेका छन्।

‘तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ। भोलिसम्ममा नाम दिनुहोला’

उनले दलका नेतालाई भने,‘आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो। तर, सबैको नाम प्राप्त हुन सकेन।’ संसदीय समितिमा बस्ने सांसदको नाम सभामुखले पटकपटक मागिरहेका छन्। तर ठूला दलले दिन सकेका छैनन्।

उनले आजको बैठकमा संसद्लाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्ने बताएका छन्।

प्रकाशित: १३ वैशाख २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =