पाकिस्तानमा विस्फोट हुँदा १२ जनाको मृत्यु

हिमाल प्रेस १२ वैशाख २०८० २२:००
2
SHARE
पाकिस्तानमा विस्फोट हुँदा १२ जनाको मृत्यु

इस्लामावाद- उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआतंकवाद कार्यालयमा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको छ। विस्फोटमा ज्यान गुमाउनेमा अधिकांश सुरक्षा अधिकारी रहेका पाकिस्तनी सञ्चारमाध्यमले जानकारी दिएका छन्।

विस्फोटमा परी चालीस जनाभन्दा बढी घाइते भएका छन् भने आसपासका भवनहरू भत्किएका छन्। उक्त विस्फोट बाह्य हमलाका कारण भएको कुनै प्रमाण नभेटिएको र विद्युतीय त्रुटिका कारण दुर्घटना भएको अनुमान सरकारी अधिकारीहरूले गरेका छन्।

अफगानिस्तानको छिमेकी खैबर पख्तुनख्वामा प्रान्तीय प्रहरीका प्रवक्ताले बारुदमा आगलागी हुँदा विस्फोट भएको हुनसक्ने बताएका छन्।

पाकिस्तानी तालिबान समूहले विगत केही समयदेखि सुरक्षा बलहरूलाई लक्षित गरी धेरै आक्रमण गर्दै आएको छ तर यो विस्फोटको जिम्मेवारी कुनै समूहले लिएको छैन।

प्रतिआतंकवाद विभागका क्षेत्रीय प्रमुख सोहेल खालिदले पनि कार्यालयमा भएको विस्फोट आतंकवादीले गराएको नभई भव्यतव्य घटना भएको प्रारम्भिक जानकारी आएको बताएका छन्।

कार्यालयमा राखिएका हातहतियार तथा गोलाबारुदमा लापरवाहीका कारण आगो सल्केर विस्फोट भएको हुनसक्ने उनको अनुमान छ। रासस/एएफपी

प्रकाशित: १२ वैशाख २०८० २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =