प्रधानमन्त्री प्रचण्डको दर्शन पाउन दुर्लभ : पन्त

हिमाल प्रेस १२ वैशाख २०८० १५:१८
2
SHARE
प्रधानमन्त्री प्रचण्डको दर्शन पाउन दुर्लभ : पन्त

काठमाडौँ-  नेकपा एमालेका सांसद रघुजी पन्तले संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको संसदमा अनुहार हेर्न पनि दुर्लभ भएको बताएका हुन्।

उनले भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै प्रधानमन्त्री दाहालको आलोचनासमेत गरे। सांसदहरूले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्री दाहालले संसद्मा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरे।

सांसद पन्तले प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी होस् भन्ने आफूहरूले चाहेको पनि बताए।  सांसद पन्तले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण हाम्रा लागि महत्त्वपूर्ण छ। प्रधानमन्त्रीको भारत भ्रमण राम्रो होस्, सफल होस्। त्यो मुलुकका लागि फलदायी होस् भन्ने शुभकामना पनि छ।

उनले भारत भ्रमणका एजेन्डा केके हुन् भन्ने कुरा संसद् चलिरहेको यो बेला पनि अखबारमा पढ्नुपरेको भन्दै आपत्ति जनाए। पन्तले भने, ‘संसद्‌भित्र हामीले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नुभएको छैन। प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भइसक्यो। त्यसैले यो महत्त्वपूर्ण विषयको बारेमा संसद्भित्र छलफल होस्।’ पन्तले यसअघि पनि संसद् बैठकमा सम्बोधन गर्दैै प्रधानमन्त्री हराएको सूचना जारी गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =