पुस्तकालय संरक्षण गर्न सांसद गैरेको माग

हिमाल प्रेस १२ वैशाख २०८० १५:२३
8
SHARES
पुस्तकालय संरक्षण गर्न सांसद गैरेको माग

काठमाडौँ- नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पुराना पुस्तकालयको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा मंगलबार शून्य समयमा बोल्दै उहाँले कानुनको अभावमा पुस्तकालयले समस्या भोगिरहनुपरेको बताएका हुन्। उनले त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानुन बनाउन सरकारसँग माग गरे।

सांसद गैरेले भने, ‘यो सार्वजनिक पुस्तकालय सञ्चालनसम्बन्धी नियम, कानुन, ऐन नहुँदा पुस्तकालयहरुले भोग्नुपरेको समस्या एकातिर छ भने पुस्तकालयको अभावले पढने बानी पनि समाप्त हुँदैछ।’

पुराना सार्वजनिक पुस्तकालयहरुलाई संरक्षण गर्न तत्काल कानुन बनाउन र नयाँ पुस्तकालयहरु खोल्नका लागि ती सबै पुस्तकालयहरुको सञ्चालन र व्यवस्थापनका विषयमा अगाडि बढाउनका लागि तत्काल ऐन सदनमा प्रस्तुत गर्नुपर्ने माग उनको छ।

प्रकाशित: १२ वैशाख २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =