मेलम्चीको पानी निरन्तर काठमाडौँमा वितरण गर्न सांसद सिंहको माग

हिमाल प्रेस १२ वैशाख २०८० १४:१६
4
SHARES
मेलम्चीको पानी निरन्तर काठमाडौँमा वितरण गर्न सांसद सिंहको माग

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी काठमाडौँमा निरन्तर वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

उनले फेरि वर्षा हुन लागेकाले सो पानी वर्षायाममा पनि काठमाडौँ आउने गरी निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले काठमाडौंबासीलाई खानेपानीको संकटमा पार्ने काम सरकारले गर्न नहुने पनि बताए।

उनले भने, ‘वर्षा याम सुरु हुँदैछ। मेलम्ची खानेपानी फेरी पनि रोकिने हो कि भन्ने पीरले काठमाडौंबासीलाई धेरै मर्का परिरहेको कुरा सम्बन्धित मन्त्रालयले, त्यसमा पनि विशेष गरेर नेपाल सरकारले काठमाडौंबासीलाई निरन्तर रुपमा खानेपानी वितरणको लागि मेलम्ची खानेपानीको व्यवस्थापनको कामलाई तदारुपकताका साथ अघि बढाउन माग गर्दछु।’

 

प्रकाशित: १२ वैशाख २०८० १४:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =