मकवानपुरमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

हिमाल प्रेस १२ वैशाख २०८० ७:२८
4
SHARES
मकवानपुरमा ट्र्याक्टर दुर्घटना, तीनजनाको मृत्यु

काठमाडौँ- मकवानपुरको मनहरी गाउँपालिका–३ कालिदमारमा ट्र्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। मनहरी गाउँपालिका ३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, २४ वर्षीय राजकुमार प्रजा र वडा नं ४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजाको मृत्यु भएको हो।

घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

मनहरी गाउँपालिका ३ हाँडिखोलाका वर्ष २४ का अमृत प्रजा र ठेगाना नखुलेका वर्ष ४५ को जोखलाल प्रजा घाइते भएका छन्।

कालिदमारस्थित भित्री सडक–खण्डमा मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्र्याक्टर सोमबार बेलुकी अनियन्त्रित भई सडकमा पल्टिएको थियो। दुर्घटनामा परी च्यापिएको अवस्था घाइतेलाई एम्बुलेन्समार्फत उपचारका हेटौँडा पठाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको उपचार हेटौँडा उपमहानगरपालिका ११ स्थित चुलेहिल अस्पतालमा भइरहेको छ।

प्रकाशित: १२ वैशाख २०८० ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =