लोकतन्त्रको सार्थकता पुष्टि गर्न शान्ति समाजको आग्रह

हिमाल प्रेस ११ वैशाख २०८० २१:११
10
SHARES
लोकतन्त्रको सार्थकता पुष्टि गर्न शान्ति समाजको आग्रह

लुम्बिनी– लोकतन्त्र प्राप्त भए पनि नागरिकको जीवनस्तर उकास्ने गरी काम हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। १७ औं लोकतन्त्र दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन्।

नेपालमा लोकतन्त्र प्राप्तिको १७ वर्ष पुगे पनि प्राप्त उपलब्धिहरूको रक्षा हुन नसकेको उल्लेख गरे। राष्ट्रिय उत्सव : लोकतन्त्र दिवस कि जनयुद्ध दिवस? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरूले सरकारले लोकतन्त्र दिवसमा सार्वजनिक बिदा नदिएकोमा आपत्ति प्रकट गरे।

नागरिकहरूको प्रवल चाहना शान्ति भएकै कारण ०६२/६३ मा जनआन्दोलनको सफलता पश्चात लोकतन्त्र प्राप्ति भएको र शान्ति समाजले खेलेको भूमिकाको प्रशंसासमेत गरिएको छ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति गोविन्द खनालले दलहरूले सही भूमिका खेल्न नसेको आरोप लगाए। उनले ठूला दलहरूकै कारण वितृष्णा फैलिएको उल्लेख गर्दै राष्ट्रिय उत्सव, लोकतन्त्र कि जनयुद्ध दिवस भन्नेबारेको विवादलाई साझा बिन्दुमा ल्याएर टुंगाउनुपर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस युवा नेता प्रजापाल गिरी, एमाले युवा नेता बाबुराम पन्थी, नेकपाका बिरेन्द्र बिकले लोकतन्त्र दिवस मनाइए पनि जनताको जीवन परिवर्तन हुन नसकेको उल्लेख गरे।

शान्ति समाज रुपन्देही शाखा उपसभापति कपिल ज्ञवालीले २ पृष्ठको अवधारणा पत्र प्रस्तुत गर्दै अहिले देखिएका सबैखाले विकृतिहरूलाई अन्त्य गरि राजनीतिलाई विकासमुखी बनाउन र सुशासनको अनुभूति दिनुपर्ने जनाए।

कार्यक्रममा वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाइले जनयुद्ध वा लोकतन्त्र दुवैको महत्त्व आ-आफ्नै रहेको तर्क गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =